Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दलित कार्यकर्तालाई मन्त्री बन्न रोक्दै देउवा र कोइरालाले गण्डकीमा व्यापारीलाई मन्त्री बनाए

दलित कार्यकर्तालाई मन्त्री बन्न रोक्दै देउवा र कोइरालाले गण्डकीमा व्यापारीलाई मन्त्री बनाए

  • आइतवार, श्रावण १० २०७८

  • 1.0K
    SHARES

  • दलित कार्यकर्तालाई मन्त्री बन्न रोक्दै देउवा र कोइरालाले गण्डकीमा व्यापारीलाई मन्त्री बनाए

    काठमाडौं । फरकफरक खेमामा रहे पनि इमानदार कार्यकर्ता डोबाटे विश्वकर्मालाई मन्त्री हुनबाट रोक्न सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइरालाको स्वार्थ मिलेको छ ।

    उनीहरुको दबाबपूर्ण निर्देशनमा पोखराका धनाढ्य बिन्दुकुमार थापा मन्त्री बनेका छन् ।तर, संविधानको समावेशी मर्मविपरित गण्डकीको मन्त्रिपरिषद् दलितविहिन बनेको छ ।

    दुरदर्शी कांग्रेसका संस्थापक नेता विपी कोइरालाले २००९ मै दलित समुदायका धमानसिंह परियारलाई पार्टीको महामन्त्री बनाएका थिए ।

    त्यसयता कांग्रेसको विधान मात्रै होइन, देशको संविधानमा पनि समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता भएको छ ।

    तर विपीका उत्तराधिकारी शेरबहादुर र पुत्र तथा महामन्त्री शंशाक कोइरालाले दलित कार्यकर्तालाई पाखा लगाएर धनवान् व्यवसायीलाई मन्त्री रोजेका छन् ।

    गण्डकी प्रदेशको मन्त्री बन्ने सूचीमा रहेका तनहुँका डोबाटे विश्वकर्माको नाम पार्टी सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवा र महामन्त्री कोइरालाको दबाबमा शनिबार अन्तिम समयमा काटिएको थियो ।

    शपथका लागि घरबाट हिँडेका डोबाटे पोखरा नपुग्दै उनको ठाउँमा जग्ग व्यवसायी बिन्दुकुमार थापाले शपथ लिएका थिए । जग्गा कारोबारसँगैं होटल र अटो व्यवसायमा संलग्न उनी पोखराका धनाढ्य हुन् ।

    यता गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पनि डोबाटेलाई न्याय गर्न नसकेको बताएका छन् । उनले घुमाउरो पारामा केन्द्रबाट दबाब आएको स्विकारे । नयाँ पत्रिका


    आइतवार, श्रावण १० २०७८०६:३३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij