Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवालाई भेटेपछि प्रचण्डले माधवलाई पनि भेटे, के कुरा भयो ?

देउवालाई भेटेपछि प्रचण्डले माधवलाई पनि भेटे, के कुरा भयो ?

  • शनिवार, श्रावण ९ २०७८

  • 921
    SHARES

  • देउवालाई भेटेपछि प्रचण्डले माधवलाई पनि भेटे, के कुरा भयो ?

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच आज पनि भेटवार्ता भएको छ । नेपाललाई भेट्न प्रचण्ड उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो ।

    प्रचण्ड र नेपालबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । एमालेका दोस्रो तहका नेताबीच एकताको प्रयास भइरहँदा सरकारमा सहभागिताबारे प्रचण्डले नेपालसँग छलफल गर्नुभएको हो । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज नै छलफल गर्नुभएको थियो । सरकार बनेको १० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

    गठबन्धनसँग आबद्ध एमालेको नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको बताइएको छ ।

    यसैबीच, प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आज पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले संसद् विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको बताउनुभयो ।

    संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

    यस्तै उहाँले सरकारमा गएका कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताउनुभएको छ । कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिनुभएको हो ।

    यस्तै, अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताउनुभएको छ । पछिल्लोसमय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक तनावमा परेको बताउनुभयो ।

     


    शनिवार, श्रावण ९ २०७८०२:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij