Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

ओली र माधवलाई योगेशको प्रश्न, ‘युथ फोर्स र अखिल फोर्सको के औचित्य छ ?’

ओली र माधवलाई योगेशको प्रश्न, ‘युथ फोर्स र अखिल फोर्सको के औचित्य छ ?’

  • शनिवार, श्रावण ९ २०७८

  • 1.0K
    SHARES

  • ओली र माधवलाई योगेशको प्रश्न, ‘युथ फोर्स र अखिल फोर्सको के औचित्य छ ?’

    काठमाडौं – नेकपा (एमाले)का युवा नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउनुभएको छ । पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गर्नुभएको छ ।

    ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ ?’ भट्टराईले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ।

    एमालेभित्र हालै मात्र गुटगत संगठनहरु निर्माण भएका छन् । समानान्तरण जनवर्गीय संगठन निर्माण गरेका माधव समूह निकट अनेरास्ववियुले अखिल फोर्स निर्माण गरेको छ । अध्यक्ष ओली पक्षले युथ फोर्स ब्युँताएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो ।
    नेपाल समूहले आफूनिकट युवा संघले पिपुल्स भोलेन्टियर ‘पिभी’ पनि ब्युँताउने तयारी गरेको छ ।

    पार्टीभित्र यसरी भिन्नभिन्न संगठन निर्माण गरेर समाजमा आतंकको आभास दिएको र युवालाई अराजनीतिकरण तथा अपराधीकरण गर्न उद्दत गरिएको नेता भट्टराईको टिप्पणी छ । उहाँले यस्ता समूहहरु तत्काल खारेज गर्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गर्नुभएको छ ।

    Capture.PNG

     


    शनिवार, श्रावण ९ २०७८११:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij