काठमाडौं । मिचिएको भूमि समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जस लिन नेताहरु तछाडमछाड गरिरहेका बेला भारतले उल्टै त्यस क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाएको छ । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।