काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शुक्रबार) कांग्रेस पार्टी पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आज बिहान ९ बजे निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाउनुभएको हो ।
बैठकमा आसन्न १४औँ महाधिवेशन तयारी तथा अन्य समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ। यसैबीच, सत्तारुढ नेपाली कांग्रेसले अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि बैठक नराख्ने भएको छ।
यसअघि पार्टी प्रमुख प्रधानमन्त्री बन्दा उसका प्रायस बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरेका थिए। कांग्रेसले पनि हालै बालुवाटारमा पदाधिकारी बैठक गरेको थियो।
यो गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसका कुनैपनि बैठक बालुवाटारमा नराखिने महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।