Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
सन्दर्भ : तुलसी रोप्ने दिन

तुलसीमा गुणै–गुण, यस्ता छन् औषधीय गुण

तुलसीमा गुणै–गुण, यस्ता छन् औषधीय गुण

  • मंगलवार, श्रावण ५ २०७८

  • 4.2K
    SHARES

  • तुलसीमा गुणै–गुण, यस्ता छन् औषधीय गुण

    ज तुलसी रोप्ने दिन अर्थात हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशी परेकाले पनि आज घर–घरमा तुलसीको बिरुवा रोप्ने गरिन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसैकारण धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन् ।

    Tulashi arthasansar.jpg

    यस्ता छन् गुण

    – वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।

    – जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।

    – अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।

    pudina.jpg

    – यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।

    – तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।

    – तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।

    968ADF7B-D777-441C-9177-398633802423.png

    – नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

    – पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।

    – तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

    (एजेन्सीको सहयोगमा)


    मंगलवार, श्रावण ५ २०७८०१:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij