Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा र मोदीबीच टेलिफोन संवाद, के भयो कुराकानी?

देउवा र मोदीबीच टेलिफोन संवाद, के भयो कुराकानी?

  • सोमवार, श्रावण ४ २०७८

  • 1.4K
    SHARES

  • देउवा र मोदीबीच टेलिफोन संवाद, के भयो कुराकानी?

    काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

    नेपाली समकक्षी शेरबहादुर देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिनुभएको थियो । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।

    टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोभिड–१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभएको छ । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

    भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन ।

    संसदमा विश्वासको मत हासिल गरेपछि मोदीले आइतबार राती देउवालाई ट्वीटमार्फत बधाई दिनुभएको थियो।


    सोमवार, श्रावण ४ २०७८०६:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij