Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पौडलसहितका नेताहरु शशांक निवासमा, के विषयमा छलफल हुँदैछ ?

पौडलसहितका नेताहरु शशांक निवासमा, के विषयमा छलफल हुँदैछ ?

  • सोमवार, श्रावण ४ २०७८

  • 982
    SHARES

  • पौडलसहितका नेताहरु शशांक निवासमा, के विषयमा छलफल हुँदैछ ?

    काठमाडौं– नेपाली कांग्रेसको पौडेल समूहका नेताहरु अहिले महाराजगन्जस्थित महामन्त्री डा.शशांक कोइराला निवासमा बैठक बसिरहेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुबीच सहभागी छन् ।

    आज अपरान्ह सुरु भएको छलफल छलफलमा नेता पौडेलसहित डा. कोइराला, प्रकाशमान सिह, अर्जुननरसिंह केसी, डा.रामशरण महत, प्रदीप पौडेललगायतका नेताहरुको सहभागिता रहेको छ ।

    छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको सहभागी एक नेताले बताए ।
    साथै, बैठकमा आफ्नो समूहको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबारे पनि छलफल हुनसक्ने स्रोतको दाबी छ ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट दुई जनालाई मात्र मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सरकारमा सहभागी माओवादीका दुई जना मन्त्रीमध्ये पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राख्नुभएको छ । उहाँले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आउनुभएकाले त्यसबारे आज निर्ण गर्न बैठक बसेको पौडेल समूहका एक नेताले बताए ।

     


    सोमवार, श्रावण ४ २०७८०१:२६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij