Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, फ्लोरक्रस गर्ने सांसदहरुलाई कारबाहीको तयारी

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, फ्लोरक्रस गर्ने सांसदहरुलाई कारबाहीको तयारी

  • सोमवार, श्रावण ४ २०७८

  • 652
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, फ्लोरक्रस गर्ने सांसदहरुलाई कारबाहीको तयारी

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ ।

    एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षीमा मतदान गर्न एमाले निर्देशन दिएको थियो । तर मालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।

    माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए । यता अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । यसबारे तामाङले भने, ‘पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्छौँ ।’

    विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला भएपनि पार्टीको अनुशासन कारबाही गरिने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताउनुभयो ।


    सोमवार, श्रावण ४ २०७८११:१९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij