Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा पहिले श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री भएका हुन्ः प्रदीप ज्ञवाली

देउवा पहिले श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री भएका हुन्ः प्रदीप ज्ञवाली

  • आइतवार, श्रावण ३ २०७८

  • 584
    SHARES

  • देउवा पहिले श्री ५ बाट अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री भएका हुन्ः प्रदीप ज्ञवाली

    काठमाडौँ – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नुभएको छ ।

    विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री हुनुभएका देउवा अहिले सर्वोच्च अदालतका श्रीमान् ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताउनुभयो ।

    २०५९ असोजमा असक्षम भनेर बर्खास्त हुनुभएका देउवालाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भन्नुभयो, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ । उतिबेला श्री ५, अहिले श्रीमान् ५ ।’

    प्रतिनिधिसभा विघटन गलत भएको भए दलहरुले निर्णय गर्न दिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘रेफ्रीले आफै गोल हानिदिनुभयो । विजेता घोषणा गरिदिनुभयो । रेफ्रीले हानेको गोलबाट विजेता हुनुभएको छ । तर प्रणाली भत्कियो भने।’

    संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्थालाई छिराइएको र यसले शक्ति पृथकीकरणको सिद्धान्त खल्बदिने आफू र आफ्नो दलको चिन्ता भएको एमाले सचिव ज्ञवालीले बताउनुभयो।


    आइतवार, श्रावण ३ २०७८०६:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij