काठमाडौँ – पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
गत ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको थियो ।
तर सर्वोच्च अदालतको फैसलापछि संसद पुनःस्थापना भएको थियो ।
पुनःस्थापित बैठक सुरु गर्दै सभामुख सापकोटाले सबै सांसदहरुलाई बधाई दिनुभएको छ ।
संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो।
उहाँले बैठकमा भन्नुभयो, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’
प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो ।
अहिले संसदमा विभिन्न विधेयक पेश भइरहेको छ।