Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश खारेज (विज्ञप्तिसहित)

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश खारेज (विज्ञप्तिसहित)

  • आइतवार, श्रावण ३ २०७८

  • 291
    SHARES

  • राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धि अध्यादेश खारेज (विज्ञप्तिसहित)

    काठमाडौं– मन्त्रिपरिषद्को शनिबारको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धि (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    संवैधानिक परिषद् अध्यादेश दुईपटक जारी भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यससम्बन्धि अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो । पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।

    अध्यादेशविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा आफैं उपस्थित भएर अदालतमा रिट दायर गर्नुभएको थियो । तर, अध्यादेश र त्यसपछि विभिन्न संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिट भने विचाराधीन छ ।

    2_अध्यादेश-खारेज_2078_विज्ञप्ति-Final-1489x2048.jpg

     


    आइतवार, श्रावण ३ २०७८०३:१८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij