Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले सांसदलाई खनालको आग्रह : 'अलमलमा नपरी देउवालाई विश्वासको मत दिनुस्'

एमाले सांसदलाई खनालको आग्रह : 'अलमलमा नपरी देउवालाई विश्वासको मत दिनुस्'

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव सचिवालयमा दर्ता
  • आइतवार, श्रावण ३ २०७८

  • 855
    SHARES

  • एमाले सांसदलाई खनालको आग्रह : 'अलमलमा नपरी देउवालाई विश्वासको मत दिनुस्'

    काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आफू र माधवकुमार नेपाल पक्षका एमालेका सांसदहरुलाई आग्रह गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका खनालले आज एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको हो ।

    उहाँले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्न आग्रह गर्दै भनेका छन्, ‘अबको दुई वर्ष देउवा सरकारले काम गर्छ ।’

    विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले स्पष्ट पार्नुभएको छ ।

    यसैबीच, एमालेका वरिष्ठ नेता नेपाल समूहमा रहेका केही सांसदले पनि शेरबहादुर देउवालाई मत दिने बताइसकेका छन् ।

    सांसद रामकुमारी झाक्रीले आफूसहित नेपाल पक्षका २३ जना सांसदले देउवालाई विश्वासको मत दिने स्पष्ट पार्नुभएको छ । सांसद झाक्रीले सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । 

    Capture.PNG

    देउवाले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । आज ४ बजे संसद बैकठ बस्दै छ ।

    यसैबीच, प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको आजको बैठकमा नै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार देउवाले कानुन तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो ।

     


    आइतवार, श्रावण ३ २०७८०१:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij