Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महाधिवेशन प्रभावित पार्न देउवाले विभागमा मनोनयन गरेको पौडेल समूहको निष्कर्ष

महाधिवेशन प्रभावित पार्न देउवाले विभागमा मनोनयन गरेको पौडेल समूहको निष्कर्ष

  • आइतवार, श्रावण ११ २०७७

  • 1.1K
    SHARES

  • महाधिवेशन प्रभावित पार्न देउवाले विभागमा मनोनयन गरेको पौडेल समूहको निष्कर्ष

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशन प्रभावित पार्ने उद्देश्यले विभाग गठन र मनोनयन गरेको निष्कर्ष निकालेको छ ।

    आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यसलाई रोक्न कसरी अगाडि बढ्ने भन्ने छलफल भएपनि ठोस निर्णय नभइसकेको नेताहरुले बताएका छन् ।

    यद्यपि, यसबारे पार्टी सभापति देउवालाई भेटेरै कुराकानी गर्ने र त्यसपछि पनि नसच्चिए चाल्ने सम्भावित कदमबारे छलफल भएको बताइएको छ ।

    कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गर्ने उल्लेख छ । चार वर्षे कार्यकालभर विभाग नबनाउने महाधिवेशनको मिती तय भइसकेको अवस्थामा विभागमा मनोनयन तीब्र बनाउनु गलत रहेको पौडेल समूहको ठहर छ ।

    पौडेल समूहले विभागहरुमा मनोनयन विधान विपरीत र आसन्न महाधिवेशन प्रभावित पार्ने खेलबाहेक केही नभएको बताएको छ । तर देउवाले ४७ वटै विभागमा पदाधिकारी र सदस्य मनोनयन तीब्र बनाउनुभएको छ ।

    वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइाला र कोषाध्यक्ष सीतादेवी यादवले पत्र लेखेर असहमति जनाए पनि देउवाले मनोनयन रोक्नुभएको छैन ।


    आइतवार, श्रावण ११ २०७७०५:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij