Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

जसपा विवादबारे निर्वाचन आयोगमा आजदेखि सुनुवाई, दुवै अध्यक्षलाई निमन्त्रणा

जसपा विवादबारे निर्वाचन आयोगमा आजदेखि सुनुवाई, दुवै अध्यक्षलाई निमन्त्रणा

  • आइतवार, श्रावण ३ २०७८

  • 535
    SHARES

  • जसपा विवादबारे निर्वाचन आयोगमा आजदेखि सुनुवाई,  दुवै अध्यक्षलाई निमन्त्रणा

    काठमाडौं । जनता समाजवादी पार्टी भित्रको विवादका बारेमा निर्वाचन आयोगमा आजबाट इजलाश बस्ने भएको छ । आयोगको इजलाशमा दुवै पक्षले आ आफ्नो दावी, विरोध र प्रमाणहरु पेस गरी आफ्नो पक्षलाई आधिकारीकता दिन माग गर्ने भएका छन् ।

    सामान्यता केन्द्रीय सदस्यहरु जुन पक्षमा धेरै छन उसैलाई आधिकारीकता दिने कानुनी व्यवस्था र विगतको अभ्यासका आधारमा उपेन्द्र यादव पक्षले आधिकारीकता पाउने देखिएको छ । हिजो मात्रै पाँच सांसद समेत यादव पक्षमा प्रवेश गरेकाले यादव पक्ष थप बलियो देखिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँचै जना आयुक्त रहने गरी गत असार २३ गते गठन गरिएको इजलासको पहिलो बैठक आज बिहान ११ बजे राखिएको छ ।

    बैठकमा जसपाका दुबै पक्ष अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई बोलाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यस अघि अध्यक्षद्वय ठाकुर र यादव पक्षसँग गरेको छलफलका क्रममा दुवै पक्षले आफूहरूलाई अलग गरिदिन आग्रह गरेका थिए । जसपाका दुवै पक्षका अध्यक्ष र नेताहरुले एकले अर्कालाई कारबाही गरी पार्टीबाट निस्कासन गरिएको घोषणा पनि गरिसकेका छन् ।

    आयोगले आगामी ७ गते सम्ममा विवादको निरुपण गर्ने अपेक्षा गरिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको उपेन्द्र यादव पक्षले पनि अदालतको निर्णय आएपछि मात्रै सरकारमा सहभागी हुने जनाएको छ ।

    यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तत्कालिन ओली नेतृत्वको सरकारले गरेका प्रतिगमनका विरुद्धमा बनेको गठबन्धनका सवै दलहरु सरकारका हिस्सेदार हुने जानकारी दिनुभयो । उहाँले जसपा अहिले सरकारमा सहभागी नभएपछि संसदमा सत्ता पक्षमा उभिने बताउनुभयो ।


    आइतवार, श्रावण ३ २०७८०८:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij