Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिने
  • आइतवार, श्रावण ३ २०७८

  • 1.1K
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज (आइतबार) बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

    उहाँले भोलि (सोमबार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो ।

    भोलि सोमबार १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाइएको छ। उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ। एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

    गत शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन।

    सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।


    आइतवार, श्रावण ३ २०७८०७:०८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij