Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले माधवलाई किन पटक–पटक भेटिरहेका छन् ?

प्रचण्डले माधवलाई किन पटक–पटक भेटिरहेका छन् ?

  • शनिवार, श्रावण २ २०७८

  • 874
    SHARES

  • प्रचण्डले माधवलाई किन पटक–पटक भेटिरहेका छन् ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड केहीबेर छलफल गरेर बाहिएको नेपालको सचिवालयले जानकारी दिएको छ ।

    अध्यक्ष प्रचण्ड शुक्रबार पनि वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले पनि कोटेश्वर पुगेका नेपाललाई भेटेका थिए ।

    महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला नेता नेपालसँगको भेटका लागि शुक्रबार बिहान शुरुमा नेपाल निवास कोटेश्वर पुगेका थिए । त्यसपछि प्रचण्ड सामेल भएका हुन् ।

    विप्लवले यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो वेला वामपन्थी शक्तिहरु एक ठाउँमा रहनुपर्नेबारे प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको वामपन्थी गठबन्धन अहिलेलाई असम्भव भएको निष्कर्ष प्रचण्ड र नेपालले निकालेको स्रोतको दाबी छ । सोही भएर आज पनि दुई नेताबीच यही रणनीतिअनुरुप कुरा भएको हुनसक्ने आशंका गरिएको छ ।

    एमाले विवाद निष्कर्षमा नपुगिरहेका वेला यसरी प्रचण्ड र नेपालबीच पटक–पटक भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीबाहेकका सबै वामपन्थी शक्ति मिलेर नयाँ पार्टी गठन गर्ने विषयमा उनीहरु सहमतिमा पुग्नेसक्ने आँकलन गरिएको छ ।

    यता, ओलीले पनि नेपालाई अब पार्टीमा कुनै स्थान नभएको बताइसकेका छन् ।


    शनिवार, श्रावण २ २०७८०३:५३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij