Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको विघटित कार्यदलका नेताहरु फेरि छलफलमा, यी दुई नेता पनि थपिए

एमालेको विघटित कार्यदलका नेताहरु फेरि छलफलमा, यी दुई नेता पनि थपिए

  • शनिवार, श्रावण २ २०७८

  • 2.1K
    SHARES

  • एमालेको विघटित कार्यदलका नेताहरु फेरि छलफलमा, यी दुई नेता पनि थपिए

    काठमाडौं– नेकपा (एमाले)को दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन् । विघटित एकता कार्यदलका सदस्यहरु अहिले सिंहदरबारमा छलफलमा जुटका हुन् । एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो । विघटित वार्ता टोलीका नेताहरु पुनः अनौपचारिक वार्तामा जुटेका हुन् ।

    एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधवकुमार नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको बताइएको छ । एमालेले शेरबहादुर देउवाको वर्तमान् सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यता, वरिष्ठ नेता नेपालले विश्वासको मत दिएर संसद् जोगाउने बताउँदै आउनुभएको छ ।

    वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् । विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ ।

    स्रोतका अनुसार एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।

    विघटित कार्यदलमा ओली पक्षबाट सुवा नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिजाल थिए ।

    त्यसैगरी, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।


    शनिवार, श्रावण २ २०७८१२:५८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij