Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले संस्थापन पक्षले बैठक रोक्न नमानेपछि आक्रोशित हुँदै फर्कियो नेपाल पक्ष

एमाले संस्थापन पक्षले बैठक रोक्न नमानेपछि आक्रोशित हुँदै फर्कियो नेपाल पक्ष

कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको आरोप
  • शुक्रवार, श्रावण १ २०७८

  • 951
    SHARES

  • एमाले संस्थापन पक्षले बैठक रोक्न नमानेपछि आक्रोशित हुँदै फर्कियो नेपाल पक्ष

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न वरिष्ठ नेता माधव नेपाल पक्षले गरेको अग्रह अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए ।

    बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयनका लागि भन्दै केही दिन बैठक रोक्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहो¥याउँदै बैठक जारी राखेपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।

    बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए ।

    ‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, संचारकर्मीहरुमाझ नेता रावलले भने, ‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने निर्देशन दिनुभयो ।’ ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।


    शुक्रवार, श्रावण १ २०७८०२:३१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij