Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद नजाने दावी

एमाले संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद नजाने दावी

नेपाल पक्षले बाहिस्कार गर्ने
  • शुक्रवार, श्रावण १ २०७८

  • 2.7K
    SHARES

  • एमाले संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद नजाने दावी

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा एमालेको माधव नेपाल पक्ष सहभागी नहुने भएको छ । पार्टीका शिर्ष नेताहरुका बीचमा चर्को विवाद रहेकाले विवाद समाधान नहुँदा सम्म बैठकमा सहभागी हुन नसकिने नेपाल पक्षका सांसद विरोध खतिवडाले नेपाली रेडियो नेटवर्कलाइ जानकारी दिनुभयो ।

    उहाँले आज ओलीले बोलाएको संसदीय दलको बैठकमा कम्तीमा ४० सांसद सहभागी नहुने दावी पनि गर्नुभयो । विगतमा प्रधानमन्त्रीका रुपमा ओलीले धेरैलाई विभिन्न दवाव र प्रभावमा पारेपनि अव धेरै नेता कार्यकर्ता त्यसबाट मुक्त हुने उहाँले बताउनुभयो ।
    नेता खतिवडाले जुम्राले छाडे झै अव धेरैले ओलीलाई छाड्ने र विस्तारै एक्लीने दावी पनि गर्नुभयो ।

    स्थायी समिति र संसदीय दलको दुवै बैठकमा एकलौटी एजेण्डा पेस गर्ने र निर्णय गरेको घोषणा गराउने भएकाले त्यस्तै बैठकमा जानुको औचित्य नहुने उहाँको भनाई छ । अध्यक्ष ओलीले बैठकमा सहभागी हुने वातावरण आफैले भाँडेको, तुच्छ गालीगलौज गरेको र दुव्यवहार गरेकाले पनि नेपाल पक्ष सहभागी हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

    ओलीको यस्तै बानी व्यवहारका कारण अहिले शिखरबाट पातालमा पुगिसकेको नेता खतिवडाले बताउनुभयो । ओलीको गालीगलौज, आरोप र आक्रोसलाई उहाँले शिखरबाट पातालमा झरेपछिको विक्षिप्त र बर्वराहतको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले अति गरेकाले आफुहरु ओलीमुक्त एमाले बनाउन चाहेको उहाँको भनाई ।

    नेता खतिवडाले संसद पुनस्र्थापनाका लागि रिट हाल्दा नै संसदलाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने माग राखिएकाले संसद जोगाउनका लागि गर्नुपर्ने सवै काम गरिने जानकारी दिनुभयो ।

    तर एमालेकै ओली पक्ष भने सरकारको विरुद्ध कसरी प्रस्तुत हुने बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा अधिकांश सांसद सहभागी हुने दावी गर्नुभयो ।

     

     


    शुक्रवार, श्रावण १ २०७८०९:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij