काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले गरेको गल्ती नदोहो¥याउन सुझाव दिएको छ । सिंहदरबारमा आज बसेको बैठकले प्रधानमन्त्री देउवालाई यस्तो सझाव दिएको हो ।
छलफलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताउनुभएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । अध्यक्ष यादवले भोलिबाट मन्त्रिपरिषद विस्तारबारे तयारी थालिने बताउनुभयो ।