Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेता नेपाललाई भेट्न प्रचण्ड र विप्लव पुगे कोटेश्वर, के कुरा भयो ?

नेता नेपाललाई भेट्न प्रचण्ड र विप्लव पुगे कोटेश्वर, के कुरा भयो ?

  • बिहिवार, आषाढ ३१ २०७८

  • 780
    SHARES

  • नेता नेपाललाई भेट्न प्रचण्ड र विप्लव पुगे कोटेश्वर, के कुरा भयो ?

    काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ कोटेश्वर पुगेका छन् ।

    महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला नेता नेपालसँगको भेटका लागि आज बिहान शुरुमा नेपाल निवास कोटेश्वर पुगेका थिए । त्यसपछि प्रचण्ड सामेल भएका हुन् ।

    विप्लवले यसअघि बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । वामपन्थी शक्तिहरु एक ठाउँमा रहनुपर्नेबारे प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको छ ।

    साथै, प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय तथा आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनसम्बन्धि छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

    आजको तीन नेताबीचको भेटवार्तामा पनि यही विषयलाई प्राथमिकतामा राखिएको हुनसक्ने आशंका गरिएको छ ।

    बुधबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई अब पार्टीमा कुनै स्थान नभएको बताइरहेका वेला प्रचण्ड र विप्लवले उनलाई निवासमै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तीन नेताको आजको भेटवार्तालाई कतिपय विश्लेषकहरुले ओलीइतरको कम्युनिस्ट मोर्चा बनाउने कसरतका रुपमा पनि लिएका छन् । 


    बिहिवार, आषाढ ३१ २०७८१२:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij