Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

ओलीको बहिर्गमनमा नारा-जुलुश अस्वभाविक र अराजनीतिक भएको टिप्पणी

ओलीको बहिर्गमनमा नारा-जुलुश अस्वभाविक र अराजनीतिक भएको टिप्पणी

  • बिहिवार, आषाढ ३१ २०७८

  • 886
    SHARES

  • ओलीको बहिर्गमनमा नारा-जुलुश अस्वभाविक र अराजनीतिक भएको टिप्पणी

    काठमाडौं । प्रधानमन्त्री निवासबाट निजि निवास फर्किदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको तामझामलाई अस्वभाविक र भद्दा भएको धेरैले टिप्पणी गरेका छन् ।

    राजनीतिक शिर्ष नेताहरुले प्रधानमन्त्रीबाट बाहिरिनुलाई स्वभाविक रुपमा लिनु पर्ने र त्यसैका आधारमा धेरै आक्रोस र कुण्ठा व्यक्त गर्न नहुने काँग्रेस नेता डा नारायण खड्काको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले आफुलाई साम्यवादी नेता बताउने नेताहरुलाई त झन यस्तो तडकभडक सुहाउदै नसुहाउने टिप्पणी गर्नुभयो ।

    उहाँले आफु निवास फर्किदा पनि नाराजुलुश गराउनु, घरको वार्दलीबाट अरुलाई गालीगलौज गर्नु अराजनीतिक घटना भएको दावी पनि गर्नुभयो ।

    उहाँले सत्तारुढ दलका नेताहरुका बीचमा अनौपचारिक गठवन्धन वा संयन्त्र बनाउनुलाई भने अनौठो र अफ्ट्यारो मान्नु नपर्ने धारणा राख्नुभयो ।


    बिहिवार, आषाढ ३१ २०७८०९:२०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij