काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई एमाले भन्न नमिलने दावी गर्नुभएको छ । नेपाल पक्षले काँग्रेसका लागि काम गरेकाले उनीहरु काँग्रेस नै भएको र एमाले नभएको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्न्भयो, उहाँहरु काँग्रेसका लागि काम गरिरहनु भएको छ, त्यसैले उहाँहरु एमाले हुन सक्नुहुन्न नेता बडालले नेपाल पक्षलाई काँग्रेस प्रवेश गरेको घोषणा गर्न सुझाव पनि दिनुभयो ।