Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

  • बिहिवार, आषाढ ३१ २०७८

  • 1.3K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक आज बस्दै

    काठमडाौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज (बिहिबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

    पार्टीको १४ औं महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो ।

    बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ।

    पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताउनुभयो ।

    साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए आजको पदाधिकारी बैठकमा छलफल हुने पौडेलले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।


    बिहिवार, आषाढ ३१ २०७८०८:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij