Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

बालुवाटार छोडे ओलीले, दलबलसहित बालकोटतिर

बालुवाटार छोडे ओलीले, दलबलसहित बालकोटतिर

ओलीलाई लिन एमाले कार्यकर्ता बालुवाटारमा
  • बुधवार, आषाढ ३० २०७८

  • 631
    SHARES

  • बालुवाटार छोडे ओलीले, दलबलसहित बालकोटतिर

    काठमाडौं – नेकपा (एमाले)का अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहिबेरअघि सरकारी निवास बालुवाटार छोड्नुभएको छ । उहाँको बिदाईका लागि बालुवाटारमा एमाले नेता–कार्यकर्ता भेला भएका थिए । ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पु¥याउने भन्दै एमाले कार्यकर्ताहरु भेला भएका हुन् ।

    ओलीको स्वागतमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए । त्यसअघि एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको थियो । ओली अहिले दलबलसहित बालकोट जाँदै हुनुुहन्छ ।

    २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनु भएको हो । उहाँ दोस्रो कार्यकालसँगै झण्डै साढै तीन वर्ष प्रधानमन्त्री हुनुभयो ।

     


    बुधवार, आषाढ ३० २०७८०१:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij