Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

  • आइतवार, श्रावण ११ २०७७

  • 1.1K
    SHARES

  • ९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’ को व्यवस्था बमोजिम प्रसूति विदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

    सुरक्षित तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन हुन नसकेको भन्दै समितिले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शिक्षा तथा जनसंख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सम्बन्धित सबै सरकारी, गैह्र सरकारी, निजी क्षेत्रलगायतलाई निर्देशन दिएको छ ।

    समितिले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५’को दफा १३ (१) मा सरकारी तथा गैह्र सरकारी संघ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुन अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति विदा पाउने अधिकार सम्बन्धी स्पष्ट व्यवस्था भएको तर व्यवहारमा कार्यान्वयनमा आउन नसकेको भन्दै निर्देशन दिएको हो ।

    समिति सभापति निरुदेवी पालले ऐनमा स्पष्ट भएको विषयमा पनि नियमावलिमा भएको पुरानो व्यवस्थालाई देखाई नयाँ ऐनको कार्यान्वयन नगर्नु कानूनको प्रथम दृष्टिमा नै न्याय संगत नदेखिएको भन्दै समितिको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।


    आइतवार, श्रावण ११ २०७७०३:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij