Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

चैतसम्म सबै नागरिकलाई खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

चैतसम्म सबै नागरिकलाई खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

  • बुधवार, आषाढ ३० २०७८

  • 963
    SHARES

  • चैतसम्म सबै नागरिकलाई खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।

    मंगलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलव्ध गराउने निर्णय भएको हो ।

    बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

    बैठकले कोरोना लगाएत बिभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि दिएको मन्त्री कार्कीले बताउनुभयो ।

    उहाँले कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

    यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको थियो ।

    शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

    देउवालाई मुख्यसचिव शंकरदास वैरागी एवं सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।


    बुधवार, आषाढ ३० २०७८०६:३३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij