Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा संविधानमाथि 'कपटपूर्ण व्यवहार' कायमै

राष्ट्रपति भण्डारीद्वारा संविधानमाथि 'कपटपूर्ण व्यवहार' कायमै

  • मंगलवार, आषाढ २९ २०७८

  • 1.2K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा संविधानमाथि 'कपटपूर्ण व्यवहार' कायमै

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथिको कपटपूर्ण व्यवहारलाई फेरि पनि निरन्तरता दिनुभएको छ ।

    दुई पटक संविधानविपरीत प्रधानमन्त्रीले सिफारिस गरेको संसद विघटन सदर गर्नुभएकी भण्डारीले फेरि पनि संविधानविपरीतका क्रियाकलापलाई निरन्तरता दिनुभएको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगर्नु संविधानमाथिको कपटपूर्ण व्यवहारको निरन्तरता रहेको कानुनविदहरुले बताएका छन् ।

    आज अपरान्ह राष्ट्रपति कार्यालयले देउवालाई ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ भन्दै विज्ञप्ति जारी गरेको थियो ।

    देउवाले यसअघि राष्ट्रपति कार्यालयमा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्तिका लागि निवेदन दिएकाले सोही धारा अनुसार राष्ट्रपतिबाट नियुक्त हुनुपर्ने अधिवक्ता टीकाराम भट्टराईले बताउनुभयो । संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुने व्यवस्था संविधानमा नरहेको उहाँले बताउनुभयो ।

    सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । तर नेकपा एमालेका नेताहरुले सर्वाेच्चको परामादेशबाट बनेका प्रधानमन्त्री भनेर शेरबहादुर देउवाविरुद्ध गलत प्रचार गरिरहेको तर्क कानुनविदको छ ।

    आज दिउँसो देशबासीका नाममा सम्बोधन गर्दै पदमुक्त प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले जनादेशविपरीत परमादेशबाट देउवा प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको थियो ।

    तर परमादेशमा संविधानको धारा ७६ को ५ अनुसार नै प्रधानमन्त्री नियुक्त गर्नु भनेर प्रष्ट पारिएकोले त्यस विपरीत तर्क गर्नु जालझेल र षडयन्त्र मात्रै हुने कानुनविदको तर्क छ ।

    यता राष्ट्रपति कार्यालयले भने परमादेशमा संविधानका धाराहरु उल्लेख रहेकाले सोही बमोजिम नियुक्तिपत्रको व्यहोरो तयार भएको जनाएको छ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता केशव प्रसाद घिमिरले माथिबाट आएको व्यहोरा अनुसार नै आफूहरुले विज्ञप्तिको भाषा तय गरेको बताउनुभयो । घिमिरेको भनाइले पनि देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यहोरामा षडयन्त्रको गन्ध भेटिन्छ ।

    राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोरा विवादित बनेपछि शपथ समारोह पनि प्रभावित भएको छ ।

    देउवाले नियुक्तिको व्यहोरा नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि साँझ ६ बजको लागि तय भएको प्रधानमन्त्रीको शपथ समारोह प्रभावित भएको हो ।

    राष्ट्रपति कार्यालयले नियुक्तिको व्यहोरा सच्चाएपछि मात्रै शपथ ग्रहण गर्न देउवा तयार हुनुभएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

    देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम भनेर उल्लेख गरिएको थियो ।

    संविधानमाथिको कपटपूर्ण व्यवहारको निरन्तरतास्वरुप यस्तो व्यहोरा उल्लेख भएको भन्दै अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भैरहेको छ ।


    मंगलवार, आषाढ २९ २०७८०७:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij