Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट गृहमा वालकृष्ण , ज्ञानेन्द्र कानूनमन्त्री, माओवादीबाट को?

कांग्रेसबाट गृहमा वालकृष्ण , ज्ञानेन्द्र कानूनमन्त्री, माओवादीबाट को?

  • मंगलवार, आषाढ २९ २०७८

  • 2.0K
    SHARES

  • कांग्रेसबाट गृहमा वालकृष्ण , ज्ञानेन्द्र कानूनमन्त्री, माओवादीबाट को?

    काठमाडौँ – नेपाली कांग्रेसबाट वालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएका छन् ।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट खाँण र कार्कीको नाम सिफारिस भएको हो ।

    देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ लिँदैछन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको पनि सपथको तयारी भएको जनाइएको छ ।

    पूर्वरक्षामन्त्री खाँण कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् भने कार्की देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री थिए ।

    यस्तै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

    माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।

    स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

    मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो लगाएको थिएन । एक नेताका अनुसार अध्यक्ष प्रचण्डले नाम सिफारिस नगर्न आग्रह गरेका थिए र नेताहरुले समावेशी र सक्षम टिम सरकारमा पठाउनुपर्ने जोड दिएका थिए ।

    बैठकको अन्त्य गर्ने क्रममा प्रचण्डले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्र पार्टीबाट क–कसलाई सरकारमा पठाउने बताएका थिए ।

    देउवालाई भेटेपछि सम्भव भए स्थायी कमिटी बैठक बस्ने, नभए नेताहरुसँग परामर्श गरेर नाम पठाउने उनको आश्वासन थियो ।

    तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिँदा आफूहरुसँग कुरा परामर्श नभएको नेताहरुको गुनासो छ ।


    मंगलवार, आषाढ २९ २०७८०६:२२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij