काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । अस्तिको १० बुँदे सहमति, हिजोको सर्वोच्चको फैसलाको बारेमा छलफलका लागि बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले बताउनुभयो ।
आजको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पनि सहभागिता हुने तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठक हिजोकै स्थायी कमिटीको निरन्तरता हो ।
एमालेले भोलिका केन्द्रीय कमिटीको बैठक बोलाएको भए पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।