Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घट्यो शेयर बजार, कारोबार रकम भने बढ्यो

घट्यो शेयर बजार, कारोबार रकम भने बढ्यो

  • सोमवार, आषाढ २८ २०७८

  • 917
    SHARES

  • घट्यो शेयर बजार, कारोबार रकम भने बढ्यो

    काठमाडौं – शेयर बजारमा ४४.९८ अंकको गिरावट आएको छ । आइतबार ३३ अंकले बढेको बजारमा सोमबार उच्च गिरावट आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ ।

    एक दशमलव ५५ प्रतिशतले घटेको बजारमा कारोबार रकम भने ९ अर्ब ९८ करोड पुगेको छ । ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स सोमबार ८.५८ अंकले ओरालो लागेको छ । सोमबार दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर ९२ हजार १९२ पटक कारोबार भएको थियो ।

    आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्यमा ५.२४ प्रतिशतको बढोत्तरी आउँदा लगानीकर्ताले दोस्रो बजारमा सबैभन्दा धेरै कमाए । यस्तै युनियन र खानीखोला हाइड्रोपावर तथा ओरेन्टल होटलका लगानीकर्ताको सम्पत्ति सोमबार पाँच प्रतिशत्भन्दा बढीले घट्यो ।

    सोमबार निर्धन उत्थान लघुवित्त, एनआईसी एसिया बैंक, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र नबिल बैंकको सेयरको उच्च कारोबार भएको थियो । निर्धन उत्थान लघुवित्तको ४९ करोड, एनआईसी एसिया बैंकको ३४ करोड र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर २९ करोडभन्दा बढीको सेयर दोस्रो बजारमा कारोबार भएको थियो ।

     


    सोमवार, आषाढ २८ २०७८०३:५०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij