Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रलाई अवैधानिक भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

माओवादी केन्द्रलाई अवैधानिक भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

अन्य दलको लेटरप्याड दुरुपयोग नगर्न भविसोर पराजुलीलाई आग्रह
  • आइतवार, आषाढ २७ २०७८

  • 1.1K
    SHARES

  • माओवादी केन्द्रलाई अवैधानिक भन्ने दाबी निर्वाचन आयोगद्वारा खारेज

    काठमाडौँ । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) अवैधानिक भन्ने दाबी खारेज गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ ।

    त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । साथै, त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले भविसोर पराजुलीलाई सचेत मसेत गराएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको हो ।


    आइतवार, आषाढ २७ २०७८०३:४४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij