Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले कार्यदलको बैठक चलिरहेकै बेला ओली पक्षले बोलायो स्थायी कमिटी बैठक

एमाले कार्यदलको बैठक चलिरहेकै बेला ओली पक्षले बोलायो स्थायी कमिटी बैठक

  • आइतवार, आषाढ २७ २०७८

  • 773
    SHARES

  • एमाले कार्यदलको बैठक चलिरहेकै बेला ओली पक्षले बोलायो स्थायी कमिटी बैठक

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । आज अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गर्नुभएको थियो । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिनुभएको हो ।

    नेपालले असहमति जनाएपछि सहमतिका लागि कार्यदल सदस्यहरु पुनः छलफलमा जुटेका छन् । एमालेका दुई पक्षबीच आज नै सहमति हुने नेताहरुले दाबी गरे पनि पार्टीभित्रको विवाद पेचिलो बन्दै गएको देखिएको छ ।


    आइतवार, आषाढ २७ २०७८०३:२३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij