Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बीपीको तस्बिर पुनर्स्थापन नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी

बीपीको तस्बिर पुनर्स्थापन नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी

  • आइतवार, श्रावण ११ २०७७

  • 741
    SHARES

  • बीपीको तस्बिर पुनर्स्थापन नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध भ्रातृ संगठन नेपाल तरुण दलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीपी कोइरालाको तस्बिर हटाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आज (आइतबार) प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठानका उपकुलपतिको निर्देशनमा हटाइएको बीपीको तस्बिर अबिलम्ब नराखे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।  अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने यस्ता घृणित मानसिकताप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

    प्रथम जननिर्वाचित कोइरालाको हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रिन बाध्य हुने र, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने तरुण दलले जनाएको छ । बीपी कोइरालाप्रति हुने कुनै पनि प्रकारका अपमान र उनको अस्तित्व मेटाउने प्रयत्न भए तरुण दललाई सैह्य नहुने पनि बस्नेतले बताएका छन् ।


    आइतवार, श्रावण ११ २०७७०१:३३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij