Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको सहमतिपत्र आज सार्वजनिक हुने दावी

एमालेको सहमतिपत्र आज सार्वजनिक हुने दावी

  • शनिवार, आषाढ २६ २०७८

  • 434
    SHARES

  • एमालेको सहमतिपत्र आज सार्वजनिक हुने दावी

    काठमाडौं । सत्तारुढ दल नेकपा एमाले भित्रको विवाद अन्त्यका लागि आज सहमतिपत्रमा हस्ताक्षर गरी सार्वजनिक हुने दावी गरिएको छ ।

    विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा हिजो नै तयार गरिसकेको र आज सार्वजनिक हुने नेताहरुले दावी गरेका हुन ।

    कार्यदलले तयार गरेको सहमतिपत्रलाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले हिजो जानकारी दिनु भएको थियो ।

    उहाँले लगभग सवै कुरा मिलिसकेको र अव त्यसलाई औपचारिकता दिएर सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताउनुभयो । तर कार्यदलकै अर्का सदस्य तथा एमाले सचिव गोकर्ण बिष्टले भने लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको र सहमतीपत्रलाई आज रुप दिइने बताउनुभयो ।

    उहाँले आज सहमतीपत्रलाई अन्तिम रुप दिन सकिएमा आजै सार्वजनिक हुनसक्ने पनि बताउनुभयो ।
    कार्यदलले तयार पारेको सहमतीपत्रमाथी आज शिर्ष नेताहरुले छलफल गर्ने र सहमती भएमा हस्ताक्षर गराउने जनाइएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा १० सदस्यीय कार्यदल बनाइएको थियो । दुवै पक्षका पाँच पाँच जना रहेको कार्यदलले सहमती जुटाउन लामो समयदेखि निरन्तर प्रयास गरिरहेको छ ।


    शनिवार, आषाढ २६ २०७८०९:१८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij