Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगलाई पूर्वमाओवादी नेताहरुले भने– छिट्टै निर्णय गर्नुस्

निर्वाचन आयोगलाई पूर्वमाओवादी नेताहरुले भने– छिट्टै निर्णय गर्नुस्

  • शुक्रवार, आषाढ २५ २०७८

  • 588
    SHARES

  • निर्वाचन आयोगलाई पूर्वमाओवादी नेताहरुले भने– छिट्टै निर्णय गर्नुस्

    काठमाडौँ । नेकपा माओवादी केन्द्र खारेजीको माग गरेका पूर्व माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई छिट्टै निर्णय गर्न आग्रह गरेका छन् । बुधवार माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत आज आयोग पुगेका हुन् ।

    उनीहरुले आफूहरुले दर्ता गराएको निवेदनबारे छ्ट्टिै निर्णय गर्न आग्रह गरेको नेता साहले जानकारी दिए । आयोगले निवेदनबारे अध्ययन भइरहेको र त्यसपछि निर्णय हुने जानकारी दिएको उनले बताए । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

    प्रतिनिधिसभाबाट रायमाझी, लेखराज भट्ट, साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए । उनीहरुले समयमा महाधिवेशन नगरेको पार्टीले जनप्रतिनिधिलाई कारबाही गर्न नमिल्ने भन्दै पार्टी खारेजको माग गरेका हुन् ।

     


    शुक्रवार, आषाढ २५ २०७८०३:५२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij