Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्व बैंकद्वारा नेपाललाई थप १२ अर्ब ऋण दिने प्रस्ताव अनुमोदन

विश्व बैंकद्वारा नेपाललाई थप १२ अर्ब ऋण दिने प्रस्ताव अनुमोदन

  • शुक्रवार, आषाढ २५ २०७८

  • 1.1K
    SHARES

  • विश्व बैंकद्वारा नेपाललाई थप १२ अर्ब ऋण दिने प्रस्ताव अनुमोदन

    काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ ।

    विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको आज बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

    नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

    नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन् ।

     


    शुक्रवार, आषाढ २५ २०७८०१:१६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij