Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

समायोजनका नाममा पार्टी कब्जा गर्न खोजिएको पौडेल पक्षको निष्कर्ष

समायोजनका नाममा पार्टी कब्जा गर्न खोजिएको पौडेल पक्षको निष्कर्ष

  • बिहिवार, आषाढ २४ २०७८

  • 950
    SHARES

  • समायोजनका नाममा पार्टी कब्जा गर्न खोजिएको पौडेल पक्षको निष्कर्ष

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको ठहर गरेको छ ।

    पौडेल पक्षका नेताहरूको आज बसेको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौँ व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाएको हो ।

    समायोजनका नाममा आएका क्रियाशील सदस्यताको विवादबारे समायोजन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग वरिष्ठ नेता पौडेल लगायतले आज छलफल गर्नुभएको थियो । अनुपम फुडल्याण्डमा भएको छलफलमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा. मिनेन्द रिजाललगायत थिए ।

    समायोजन समितिका सदस्यहरु दिलेन्द्र बडु , दीपक गिरी, छानविन समितिका सदस्यहरू प्रदीप पौडेल, जीवन परियार, कल्याण गुरुङसमेत बैठकमा थिए ।

    बैठकमा शीर्ष नेताहरूले विधानविपरीत आएका सदस्यताबारे कडा ढंगले प्रस्तुत हुन समितिका सदस्यहरूलाई निर्देशन दिएका छन् ।


    बिहिवार, आषाढ २४ २०७८०६:०५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij