Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कार्यदलको बैठक साँझका लागि सर्यो, दुवै पक्ष आन्तरिक छलफलमा

कार्यदलको बैठक साँझका लागि सर्यो, दुवै पक्ष आन्तरिक छलफलमा

  • बिहिवार, आषाढ २४ २०७८

  • 763
    SHARES

  • कार्यदलको बैठक साँझका लागि सर्यो, दुवै पक्ष आन्तरिक छलफलमा

    काठमाडौं – पार्टी विवाद समाधानका लागि गठित नेकपा (एमाले) कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । सिंहदरबारमा भएको केहीबेरको छलफलपछि बैठक सारिएको बताइएको छ ।

    अध्यक्ष केपी शर्माको ओली (संस्थापन पक्ष) पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिनुभएको छ ।

    ‘आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । वार्ता सकारात्मक छ । बाहिरी चर्चाको पछाडि नलागौं’, बैठकबाट निस्कँदै उहाँले प्रतिक्रिया दिनुभयो ।

    यसैबीच, संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् ।

    कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आएको छ । यद्यपि, सोमबार र मंगलबार भने बैठकले सहमति जुटाउन सकेन । तर, बुधबारको बैठक भने सहमतिनजिक पुगेर सकिएको थियो । आको बैठ निर्णायक हुने दाबी केही नेताले गरेका छन् ।

     


    बिहिवार, आषाढ २४ २०७८०१:३२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij