Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मेरियट होटेलमा केपी ओली र माधव नेपालबीच भेटवार्ता, संयुक्त वक्तव्य आउने सम्भावना

मेरियट होटेलमा केपी ओली र माधव नेपालबीच भेटवार्ता, संयुक्त वक्तव्य आउने सम्भावना

  • बुधवार, आषाढ २३ २०७८

  • 880
    SHARES

  • मेरियट होटेलमा केपी ओली र माधव नेपालबीच भेटवार्ता, संयुक्त वक्तव्य आउने सम्भावना

    काठमाडौँ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौँको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् । पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् ।

    स्रोतका अनुसार नेता नेपाल सात बजे मेरियट होटलमा पुग्नुभएको थियो । त्यसको केहीबेरमा ओली पुगेपछि वार्ता सुरु भएको छ । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।

    आज दिउँसो नेकपा एमालेको विवाद झण्डै झण्डै सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका थिए । विवादका अधिकांश विषयहरुमा लगभग सहमति जुटिसकेको र भोलिसम्ममा त्यसलाई अन्तिम रुप दिएर एमाले एकतावद्ध बनेकोे घोषणा गर्ने तयारी भैरहेको नेताहरुको भनाई थियो ।

    विवाद समाधानका लागि गठित कार्यदल ब्यूँतिएर लगातार तेस्रो दिन बसेको बैठकपछि नेताहरुले एकताका विषयमा भोलिसम्म अन्तिम टुंगो लाग्ने दाबी गरेका हुन् । एमाले प्रवक्ता समेत रहनुभएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले झण्डै झण्डै सहमति जुटेको र भोलिसम्म टुंगोमा पुगिने जानकारी दिनुभयो ।

    एमाले संस्थापन समूहबाटै कार्यदलमा रहनुभएका अर्का नेता सुवासचन्द्र नेम्वाङले पनि विवाद समाधानको चरणमा पुगेको दाबी गर्नुभयो । केही महत्वपूर्ण विषयमा थप छलफल र परामर्श गर्नुपर्ने भएकोले भोलि बिहानसम्म टुंगोमा पुगिने उहाँले जानकारी दिनुभयो ।

    एमालेको असन्तुष्ट समूह अर्थात माधवकुमार नेपाल खेमाबाट कार्यदल सदस्य रहनुभएका नेता गोकर्ण विष्टले पनि विवादित सबै विषयहरुमा आफूहरु सहमति नजिक पुगेको दाबी गर्नुभयो ।

    सहमतिका विषयहरुबारे बिस्तृत खुलाउन नचाहे पनि एमाले जेठ २ मा फर्कने र माओवादी पृष्ठभूमिका नेताहरुलाई त्यसपछि बस्ने बैठकहरुमार्फत व्यवस्थापनको निर्णय लिने कुरामा सहमति जुटेको संकेत उहाँले गर्नुभयो ।

    एमालेमा विवादका अरु विषयमा लगभग कुरा मिले पनि संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने संस्थापन समूहको अडानमा भने कुरा मिलेको छैन ।

    यो विषयमा जित जितको अवस्था निम्त्याउने गरी सहमतिको भाषा खोज्ने प्रयास भैरहेको छ । एमाले सचिव समेत रहनुभएका विष्टले देउवालाई समर्थन गर्दै एमालेका केही सांसदहरुले गरेको हस्ताक्षरका बारेमा एकतापूर्वको केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने बताउनुभयो ।

    दोस्रो पटकको संसद विघटनको फैसला जे आए पनि दुवै पक्षले हार्दिकतापूवर्क स्वीकारेर एकताको वातावरण नबिथाल्ने गरी एमालेमा सहमति खोज्ने प्रयास भैरहेको छ । तत्काललाई अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटन र माधव नेपाल समूहले अदालतमा बुझाएको हस्ताक्षरबारे मौन रहँदै सहमति गर्ने विषयमा दुवै पक्ष सकारात्मक छन् ।

     


    बुधवार, आषाढ २३ २०७८०७:४७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij