काठमाडौं – नेकपा विघटनपछि एमालेमा गएका रामबहादुुर थापा ‘बादल’लगायत पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र विघटन गर्न माग गर्दै आज सर्वाेच्च अदालतमा रिट निवेदन हाल्ने भएका छन् ।
साथै यस विषयमा आजै निर्वाचन आयोगमा पनि निवेदन दिइने उनीहरूले बताएका छन् । त्यसअघि उनीहरूले कानुन व्यवसायीसँग छलफल गर्दैछन् ।
महाधिवेशन नगरिएको र अन्य प्रक्रियासमेत नमिलाइएकाले माओवादी केन्द्र विघटनयोग्य रहेकाले सर्वोच्च र निर्वाचन आयोगमा निवेदन दिन लागिएको नेता प्रभु साहले जानकारी दिनुभयो ।
उहाँले महाधिवेशन पनि समयमा नगरेको, अन्य कुराहरू नमिलाएकोले माओवादी केन्द्र दल नै खारेज हुने थुप्रै आधार रहेको दाबी गर्नुभयो ।