काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै एमालेका केही सांसदहरुले गरेको हस्ताक्षरका बारेमा एकतापूर्वको केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने बताउनु भएको छ ।
अदालतको आदेश अनुसार माओवादीसँग एकता अघिको एमालेको कमिटिलाई व्युताएर सवै विषयमा त्यसैले निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता विष्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकतापूर्वको कमिटि व्युताउन तयार हुनुभएको जानकारी पनि दिनुभयो ।
एकता पुर्वको कमिटि व्युताउदा कतिपय महत्वपूर्ण नेता र माओवादीबाट आएका नेताहरु छुट्ने भएकाले उहाँहरुलाई व्यवस्थापन गर्ने विभिन्न उपायका बारेमा छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।
देश र जनताको हित, लोकतान्त्र र संविधानको रक्षासँगै कम्युनिष्ट आन्दोलनलाई केन्द्रमा राखेर एमालेले निर्णय गर्ने पनि उहाँले दावी गर्नुभयो ।
एमाले सचिव विष्टले पहिला पार्टीलाई एकताबद्ध बनाउनु पर्ने र त्यसपछि मात्रै सवै पक्षबाट भएका कमी कमजोरीहरुको समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
विषवमनको अवस्थाबाट अहिले शान्त र संवादको अवस्था सृजना भएकाले वार्ता सकारात्मक दिशा तर्फ गइरहेकाले चाडै नै सहमती हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।