Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पत्रकार सतीश चापागाईंको ‘सरकार चाहियो’मा जनताको आवाज (भिडियोसहित)

पत्रकार सतीश चापागाईंको ‘सरकार चाहियो’मा जनताको आवाज (भिडियोसहित)

  • बुधवार, आषाढ २३ २०७८

  • 1.1K
    SHARES

  • पत्रकार सतीश चापागाईंको ‘सरकार चाहियो’मा जनताको आवाज (भिडियोसहित)

    काठमाडौं । गीतकार तथा पत्रकारका रुपमा परिचित सतीश चापागाईंको ‘सरकार चाहियो’ गीत सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर रहेको छ भने शब्द संगीत पनि उहाँकै रहेको छ ।

    गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो।

    मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ । भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।

    ‘कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।’

    निर्देशक रामजी ज्ञवालीले बताउनु भयो। ‘जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।’ गीतकार सतीश चापागाईंले भन्नुभयो। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको चापागाईंले बताउनुभयो।

    चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ ।


    बुधवार, आषाढ २३ २०७८०७:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij