Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेमा एकता जोगाउन गठित कार्यदल ब्यूँतियो, बैठक बस्दै

एमालेमा एकता जोगाउन गठित कार्यदल ब्यूँतियो, बैठक बस्दै

  • सोमवार, आषाढ २१ २०७८

  • 711
    SHARES

  • एमालेमा एकता जोगाउन गठित कार्यदल ब्यूँतियो, बैठक बस्दै

    काठमाडौँ – नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक अहिले सिंहदरबारमा बस्दैछ ।

    कार्यदलमा संस्थापन समूहबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

    यस्तै असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

    २ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।

    तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।


    सोमवार, आषाढ २१ २०७८०६:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij