Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
कांग्रेसको समायोजन समिति बैठक बस्दै

‘तोकिएको सययावधिमै क्रियाशील सदस्यताको टुंगो लाग्नेछ’ : प्रवक्ता पौडेल

‘तोकिएको सययावधिमै क्रियाशील सदस्यताको टुंगो लाग्नेछ’ : प्रवक्ता पौडेल

  • सोमवार, आषाढ २१ २०७८

  • 533
    SHARES

  • ‘तोकिएको सययावधिमै क्रियाशील सदस्यताको टुंगो लाग्नेछ’ :  प्रवक्ता पौडेल

    काठमाडौं – नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ ।

    अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देहीलगायतका जिल्लामा देखिएको समायोजनसम्बन्धि विवादबारे छलफल हुने बताइएको छ ।

    अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिने विषयको विवादमा दुवै पक्षसँग छलफल गरेर आवश्यक निर्णय लिने समायोजन समितिको तयारी छ ।

    कांग्रेसले तत्कालीन लोकतान्त्रिक फोरमबाट आएकालाई समायोजन गर्न निधिको संयोजकत्वमा बनाएको समितिले राप्रपासहित अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा पनि काम गरिरहेको छ ।

    यसैबीच, क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता प्रदीप पौडेलले समितिलाई तोकिएको समयावधि भित्रमा सदस्यताको टुंगो लाग्ने दावी गर्नु भएको हो ।

    “पार्टीले यही असार मसान्त सम्ममा विवाद समाधान गर्न समयावधि दिएको छ, हामीले तोकिएको समय भित्र समाधान गर्छौँ,” नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता पौडेलले भन्नुभयो ।

    उहाँले देशभरी नै विवाद भए झै हल्ला र चर्चा भएकोप्रति खण्डन गर्दै कुल सात प्रतिशत सदस्यता मात्रै विवादमा रहेको र अहिले त्यो चार प्रतिशितमा झरिसकेको जानकारी दिनुभयो ।

    लाखौँ सदस्य संख्या र देशभरीको संरचनाका कारण ६-७ प्रतिशत ठाउँमा विवाद हुनुलाई सामान्य र स्वभाविक रुपमा लिनु पर्ने उहाँको भनाइ छ ।

     


    सोमवार, आषाढ २१ २०७८१२:१२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij