Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसद विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि जवाफी बहस

संसद विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि जवाफी बहस

  • सोमवार, आषाढ २१ २०७८

  • 363
    SHARES

  • संसद विघटन मुद्दा : संवैधानिक इजलासमा आज पनि जवाफी बहस

    काठमाडौँ । संसद विघटन विरुद्धको मुद्दामा आज पनि रिट निवेदक पक्षका कानून व्यवसायीले जवाफी बहस गर्दै छन् । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगी अर्थात् एमिकस क्यूरीले राय पेश गर्ने छ ।

    हिजो जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाउनुभयो । श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गर्नुभयो ।

    जवाफी बहस सुरु गर्नु अघि इजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ । न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराउनुभएको हो ।

    जवाफी बहस सुरु हुनअघि हिजो सभामुख अग्नि सापकोटाका कानून व्यवसायीले बहस गरेका थिए । रिट निवेदकले सभामुखलाई पनि विपक्षी बनाएको भएपनि संसद विघटनको पक्षमा नै सभामुखका वकिलले बहस गरेका छन् ।


    सोमवार, आषाढ २१ २०७८०९:२२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij