Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले पनि राप्रपाको एजेण्डामा आउन लाग्यो : कमल थापा

एमाले पनि राप्रपाको एजेण्डामा आउन लाग्यो : कमल थापा

  • सोमवार, आषाढ २१ २०७८

  • 1.9K
    SHARES

  • एमाले पनि राप्रपाको एजेण्डामा आउन लाग्यो : कमल थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमला थापाले नेकपा एमाले पनि आफ्नै एजेण्डामा आउन लागेको टिप्पणी गर्नु भएको छ । एमाले केन्द्रीय कमिटिको बैठकमा नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका बारेमा पुनर्विचार गर्न प्रस्ताव राखेपछि अध्यक्ष थापाले त्यसलाई सकारात्मक रुपमा लिएको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रका बारेमा पुनर्विचार गर्नुपर्छ भन्ने हाम्रो लामो समयदेखिको माग हो, त्यस बारेमा अहिले अन्य पार्टीहरुमा पनि छलफल हुनु सकारात्मक हो, म यसको प्रशंसा गर्दछु ।”

    राप्रपाका मागहरुका बारेमा बहस बढ्दै गइरहेकाले राप्रपाका माग प्रति जनताको पनि समर्थन बढ्दै गइरहेको उहाँले बताउनुभयो । वैचारिक हिसावले पनि अरुभन्दा फरक तर जनचाहना अनुसारको र सांगठनिक हिसावले पनि देशभरी भएकाले राप्रपा नै देशको वैकल्पिक शक्ति हुने अध्यक्ष थापाको दावी छ ।


    सोमवार, आषाढ २१ २०७८०८:४४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij