Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समयसीमा आज सकिँदै

माधव नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समयसीमा आज सकिँदै

कुनै पनि हालतमा हस्ताक्ष फिर्ता नलिने नेपाल पक्षको अडान कायमै
  • सोमवार, आषाढ २१ २०७८

  • 1.4K
    SHARES

  • माधव नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समयसीमा आज सकिँदै

    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ ।

    गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिनुभएको थियो ।

    ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ ।

    यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गरेका थिए ।

    उनीहरुको आग्रहलाई नेता नेपालले सकारात्मक ठान्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भएन । साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएनन् ।

    यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएर भेट्नुभएको थियो । ओली र रावलबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।

    बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गर्नुभएको थियो । ओलीले मुखले एकताका लागि प्रयास गरेको देखाउन खोजेपनि व्यवहारमा एकताको पक्षमा नरहेको स्पष्ट भएको नेपाल पक्षको आरोप छ ।


    सोमवार, आषाढ २१ २०७८०८:४५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij