Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपाललाई फकाउन ओली पक्षका नेता कोटेश्वरमा

माधव नेपाललाई फकाउन ओली पक्षका नेता कोटेश्वरमा

  • आइतवार, आषाढ २० २०७८

  • 795
    SHARES

  • माधव नेपाललाई फकाउन ओली पक्षका नेता कोटेश्वरमा

    काठमाडौं – नेकपा (एमाले)को एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरु माधवकुमार नेपाललाई मनाउन उहाँकै निवास कोटेश्वर पुगेका छन् ।

    केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौंदासमेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।

    यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकोमा आज अध्यक्ष केपी शर्मा ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव विष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका हुन् ।

    एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसक्नुभएको छ ।

    एमाले बैठकले नेता नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट नेताहरुले नेपाललाई भेटेका हुन् । समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट पौडेल, नेम्वाङ र पोखरेल सहभागी छन् ।

    वार्तामा प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् । त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् ।

     


    आइतवार, आषाढ २० २०७८०१:०२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij